नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की शाखाको व्यवस्थापन तथा जुनियर रेडक्रस सर्कल रतन पाण्डे मा.वि.को आतिथ्यतामा गण्डकी स्तरीय चौँठो जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरामा सम्पन्न भएको छ।
नेपाल युवा रेडक्रस सर्कल रतन पाण्डे माध्यमिक विद्यालय, आर्वामा माघ १६ देखि १८ गतेसम्म सञ्चालन भएको यस शिविरमा गण्डकी प्रदेशका ११ जिल्ला प्रतिनिधिहरू को सहभागिता रहेको थियो।
गोष्ठीको उद्घाटन गण्डकी प्रदेशका माननीय स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गर्नुभएको थियो भने समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउने कार्यमा रेडक्रस जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले विद्यार्थीहरूलाई निस्वार्थ भावनाका साथ सेवामूलक कार्यमा संलग्न हुन आग्रह गर्नुभयो।
कार्यक्रममा गण्डकी प्रदेशभरिका जुनियर तथा युवा रेडक्रसकर्मीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।
गण्डकी स्तरीय चौँठो जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरामा सम्पन्न
Download