नेपाल रेडक्रस सोसाईटी कास्की शाखा जिल्ला स्तरीय २६ औं महिला गोष्ठी पोखरामा सम्पन्न ।

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अन्तर्गत लैङ्गिक तथा सामाजिक समावेशीकरण समीतीको २६ औ जिल्ला स्तरीय महीला गोष्ठी एबम डेगी रोग सम्बन्धी सचेतना कार्यक्रम पुस ५  गते  गण्डकी प्रदेश माननीय भुमी ब्यबस्था तथा सहकारी मन्त्री पदमा जि सी को प्रमुख आतिथ्यथामा सम्पन्न भयो ।

नेपाल रेडक्रस सोसाइटी कास्कीले जिल्ला शाखा अन्तर्गतका सबै उपशाखामा लैंगिक तथा सामाजिक समावेशिकरण समिति गठन गर्ने भएको छ । रेडक्रसको हरेक अभियानमा महिलाको समान सहभागिता बनाउन ४८ उपशाखामा समिति गर्न लागेको रेडक्रस कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।

रेडक्रस कास्की अन्तर्गतको लैंगिक तथा सामाजिक समावेशीकरण समितिले शुक्रबार आयोजना गरेको २६ औं जिल्ला स्तरीय महिला गोष्ठी तथा डेंगी रोगसम्बन्धी सचेतना कार्यक्रममा सभापति पौडेलले पुरुषको एकल प्रयासले रेडक्रस अभियान सार्थक नहुने तर्क गरे ।

महिला लगायत सबै समुदायको सहभागितामा समावेशी बनाएर रेडक्रस अभियानलाई सार्थक र सफल बनाउन सकिन्छ,’ उनले भने, ‘सबै उपशाखामा समिति गठन गरेर सबै समुदायको सहभागिता बढाउन ध्यान दिइनेछ ।उनले महिला गोष्ठीमा समितिका प्रस्तावित कार्यक्रम पेश गरेर अनुमोदन गर्ने जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले एक उपसभापति सहित ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने गरी रेडक्रसको विधान संशोधन गर्न लागेको सुनाए । रेडक्रसका उपशाखाहरुले सेवा केन्द्रको रुपमा काम गरेको जानकारी दिँदै उनले रेडक्रसमा महिला सहभागिता बढाउन योजनाबद्ध ढंगले काम गर्ने जनाए ।

गण्डकी प्रदेशकी कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले राज्यका निकायमा महिलाको ३३ प्रतिशत सहभागिता आफैंमा पूर्ण नभएको दाबी गरिन् । उनले जनसंख्याको अनुपातमा महिला सहभागिता बढाउनुपर्ने बताइन् ।

मनसुनजन्य विपद्, स्वास्थ्य संकट र महामारीको बेलामा सम्झने संस्था रेडक्रस भएको उल्लेख गर्दै उनले रेडक्रसकर्मी राजनीतिक रुपमा सचेत र संगठित भए पनि तटस्थ रुपमा काम गर्नुपर्ने सुझाव दिइन् ।

रेडक्रस कास्की उपसभापति उर्मिला खड्काले कास्की शाखाले २०५५ देखि लैंगिक तथा सामाजिक समावेशिकरण समिति बनाएर महिलाको सशक्तीकरण र सहभागिता बढाउने योजनाका साथ काम गरेको जानकारी दिइन् । उनले हरेक उपशाखाबाट भर्खरै निर्वाचित महिलालाई केन्द्रीत गरी कार्यक्रम गरेको बताइन् ।

रेडक्रस कास्कीका कोषाध्यक्ष सन्तोष अधिकारीले आर्थिक रुपमा सम्पन्न भए महिलाको सबै क्षेत्रमा सशक्तीकरण हुने उल्लेख गरे । उनले प्रादेशिक रक्त सञ्चार केन्द्र  भवन सम्पन्न गरि अत्याधुनिक उपकरण सहितको   रक्तसंचार केन्द्र सिर्जनाचोक बाट संचालनमा आएको   जानकारी दिनु भयो  ।

रेडक्रस कास्कीका कार्यवहाक मन्त्री तथा लैंगिक तथा सामाजिक समावेशिकरण समितिका संयोजक रमा न्यौपाने कोइरालाको सभापतित्वमा सम्पन्न  गोष्ठीमा ४८ उपशाखाबाट २/२ जनाको दरले महिलाको सहभागिता रहेको बताइन् । गोष्ठीमा लैंगिक तथा सामाजिक समावेशिकरण समितिले रेडक्रसमा आवद्ध महिलाको नेतृत्व र व्यक्तित्व विकासमा ध्यान दिएको कुरा जानकारी दिइन् र गोष्ठीमा रेडक्रस कास्की शाखाउपशाखामा महिला गतिविधिप्रतिवेदन र समीक्षा गरिएको थियो  । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यालय प्रमुख मोहनसिंह खड्काले रेडक्रस परिचय, कास्की शाखाका डेंगी रोग नियन्त्रणका फोकल पर्सन नवराज भण्डारीले डेंगी रोग नियन्त्रणका गरेका प्रयासबारे सहजीकरण गरे । रेडक्रस सोसाइटी कास्कीका सदस्य रमा त्रिपाठीले कार्यक्रम संचालन गर्नुभएको थियो   । 

समाचार स्रोत : समाधान दैनिक 

You can download or view the whole press release from the link below

नेपाल रेडक्रस सोसाईटी कास्की शाखा जिल्ला स्तरीय २६ औं महिला गोष्ठी पोखरामा सम्पन्न ।

Download

Related News

logo

चित्रकला प्रतियोगिता सम्पन्न

मिति २०८२ साल पौष २५ गते, नेपाल रेडक्रस  सोसाइटी कास्कीकाे आयोजना तथा जुनियर रेडक्रस सर्कल महेन्द्र मावि पाेखरा २० भलामको व्यवस्थापनमा कास्की जिल्लाका जुनियर सर्कलहरू बीच खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत जुनियर रेडक्रस सर्क...

Read More
logo

एक घर, एक प्राथमिक उपचार अभियानअन्तर्गत आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

एक घर एक प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की जुनियर तथा युवा समितिको आयोजनामा मिति २०८१ साल फागुन १५ गतेदेखि १८ गतेसम्म आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन भइरहेको छ । उद्घाटन सत्रको क्रममा समितिका संयोजक रमेशराज भण्डारीक...

Read More