नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् । विद्यालय स्तरीय (कक्षा ९१२) उक्त प्रतियोगितामा गौरीशंकर क्याम्पसका सिर्जन छन्त्याल द्दितीय , हेमजा आवासीयकी आयुष्मा परियार तृतीय भए । स्नो भ्यू बोर्डिङकी अनुपा पौडेल र गौरीशंकर माविकी शर्मिला सुनार सान्त्वना भईन । विष्णु पादुका माविबाट निशा तामाङ, धवलागिरी बोर्डिङबाट अनुजा पौडेल  तथा अम्बिका माविकी असिमा सुनार विद्यालय प्रथम भएको उपशाखा कोषाध्यक्ष श्यामबहादुर कुँवरले  जानकारी दिए । उनीहरुले क्रमशः ३ हजार, २ हजार, १ हजार तथा पाँच सय नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, विद्यालय प्रथमलाई पनि जनही ५ सय रुपैयाँ पुरस्कार दिइयो । उपशाखाले रेडक्रसमा युवाको भूमिका, सामाजिक सञ्जाल प्रयोगका फाइदा तथा वेफाइदा एवम् युवा पलाइनबाट राष्ट्रलाई परेको असर विषयक प्रतियोगिता गरको  हो । प्रतियोगितामा हेमजाका ८ विद्यालयका ८० विधार्थीले भाग लिएका थिए । यसैबीच, हेमजा उपशाखाले शनिबार रेडक्रस अभिमुखीकरण एवम् नेतृत्व विकास प्रशिक्षण पनि दिएको छ । रेडक्रसबारे अभिमुखीकरण गर्दै  सहजकर्ता नवराज भण्डारीले रेडक्रस स्वयंसेवी संस्था भएको उल्लेख गर्दै रेडक्रस भावना आम जनमानसमा पु¥याउनुपर्ने औल्याए । साइवर अपराधबारे प्रहरी सहायक निरीक्षक रवि आचार्य तथा नेतृत्व विकासबार समाजसेवी भीमप्रसाद श्रेष्ठले प्रशिक्षण दिए । कार्यक्रममा रेडक्रस कास्की सभापति डण्डराज शर्मा, जिल्ला सदस्य खगेन्द्रराज पराजुली, तमबहादुर रोका , निलकण्ठ आचार्य, माधवराज बास्तोला, छन्दमणि त्रिपाठी लगायतले पनि धारणा राखे । उपशाखा सभापति नेत्रपाणि भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपसभापति टेकमाया आचार्यले  स्वागत, मीनबहादुर पराजुली थापाले सात सिद्धान्त वाचन एवं सचिव रमा त्रिपाठीले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रम वडा कार्यालयको सहयोगमा भएको थियो ।

You can download or view the whole press release from the link below

नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

Download

Related News

logo

अर्नाकोटमा प्राथमिक उपचार तालिम

मिति २०८२ साल  माघ १५ गतेदेखि १८ गतेसम्म युनिका फाउन्डेसन दि नेदरल्यान्ड र निसीखोला गाउँपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत निसीखोला २ अर्नाकोट समुदायलाई लक्षित गरी अर्नाकोट माध्यमिक विद्यालयको प्राङ्गण आधारभूत प्राथमिक उपचा...

Read More
logo

नेपाल रेडक्रस सोसाइटी कास्कीद्वारा विभिन्न गाउँपालिकामा खानेपानी परियोजनाको अनुगमन

नेपाल रेडक्रस सोसाइटी कास्कीद्वारा विभिन्न गाउँपालिकामा खानेपानी परियोजनाको अनुगमन
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको अगुवाइमा तथा द युनिका फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित खानेपानी परियोजनाहरूको अनु...

Read More