पोखरा, फागुन १६ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिको आयोजनामा चार दिने प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ।
तालिमको उद्घाटन सत्र माननीय प्रतिनिधि सभा सदस्य दामोदर बैरागि ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उहाँले उक्त तालिमले समुदायमा हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने तथा आपतकालीन अवस्थामा प्राथमिक उपचार प्रदान गरी जीवनरक्षामा योगदान दिने बताउनुभयो।
समारोहमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा ज्यूले स्वागत मन्तव्य दिंदै रेडक्रस अभियानबारे युवाहरूलाई जानकारी गराउनुभयो। त्यस्तै, शाखाका का.वा. मन्त्री रमा कोइरालाले रेडक्रसका सात सिद्धान्त वाचन गर्नुभएको थियो। कोषाध्यक्ष सन्तोष अधिकारी ज्यूले प्राथमिक उपचार जस्ता सीपमूलक तालिमहरूलाई वार्षिक कार्यक्रममार्फत निरन्तर सञ्चालन गरिने जानकारी गराउँदै, यस्ता तालिमहरूले समुदायमा आकस्मिक परिस्थितिमा अस्पतालसम्म बिरामी पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
तालिम उद्घाटन समारोहको अध्यक्षता जुनियर युवा समिति कास्कीका संयोजक रमेशराज भण्डारी ज्यूले गर्नुभएको थियो। कार्यक्रममा कास्की शाखाका पदाधिकारीहरू — सभापति डण्डराज शर्मा, का.वा. मन्त्री रमा न्यौपाने कोइराला, कोषाध्यक्ष सन्तोष अधिकारी, उप-कोषाध्यक्ष विष्णु भण्डारी, सदस्य सुवास अधिकारी, रमा त्रिपाठी, कार्यलय प्रमुख कृष्ण कोईराला लगायतको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रम जिल्ला शाखा सदस्य तथा जुनियर युवा समिति सचिव बबिता सुवेदी ज्यूले सञ्चालन गर्नुभएको थियो।
चार दिनसम्म चल्ने तालिममा नवराज भण्डारी, सूर्यप्रसाद तिमल्सिना, मित्रलाल सुवेदी र लीला देवकोटा प्रशिक्षकका रूपमा रहनुभएको छ। कास्की जिल्लाका विभिन्न स्थानका २४ जना युवा सहभागी रहेको यस तालिमले प्राथमिक उपचारसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य लिएको छ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिद्वारा चार दिने प्राथमिक उपचार तालिम सुरु
Download