नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय प्रमुखमा कृष्ण कोइराला नियुक्त

man-donating-blood


पोखरा, २०८१ फागुन ८ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय प्रमुखका रूपमा आदरणीय कृष्ण कोइराला सर नियुक्त हुनुभएको छ। यस अवसरमा, आज एक विशेष कार्यक्रमका बीच उहाँको पदस्थापन सम्पन्न भएको छ।
नव नियुक्त कार्यालय प्रमुख कोइरालालाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। रेडक्रसका का वा मन्त्री रमा न्यौपाने  कोइराला ज्यु  , उपसभापति उर्मिला खड्काज्यु  , कोषाध्यक्ष सन्तोष  अधिकारी ज्यु  तथा सदस्य सुवास अधिकारी  ज्यु , शाखा कर्मचारी , स्वयंसेवक, तथा शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा, उहाँले सामाजिक सेवामा आफ्नो अनुभव र योगदानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले स्वास्थ्य सेवा, दैवीप्रकोप व्यवस्थापन, रक्तदान अभियान, तथा सामाजिक सेवाका विविध क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस संस्थाको नेतृत्वदायी भूमिकामा कोइरालाको नियुक्तिले संस्थाको गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

You can download or view the whole press release from the link below

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय प्रमुखमा कृष्ण कोइराला नियुक्त

Download

Related News

logo

"गोरखा भूकम्पको सम्झनामा पोखरामा भूकम्प सिकाइ प्रदर्शनी, रेडक्रस कास्कीको सक्रिय सहभागिता"

वैशाख १२ गते गोरख भूकम्पको सम्झनामा  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान को आयोजनामा पृथ्वी नारायण क्याम्पस पोखरामा संचालित भूकम्प सिकाइ प्रदर्शनीमा नेपालको रेडक्रस सोसाइटी कास्की शाखाले स्टल व्यवस्थापन गरी सूचना तथा सञ्चार सम्बन्धी जानकारीसँगै सिकाई आदानप्रदान गरिएको छ। साथै प्राथम...

Read More
logo

पोखरा–१४ उपशाखाको निर्वाचन सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा–१४ उपशाखाको निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ। उपशाखाको २० अाैं  साधारण सभा तथा सातौँ अधिवेशनबाट पदम बहादुर कार्कीकाे नेतृत्वमा १० जनाको कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। जसमा सभापति पदमबहादुर कार्की, उपसभापति महिला राधिका कार्की, सचिव राम्जी...

Read More