पोखरा वडा नं. २ द्वारा प्रादेशिक रक्त सञ्चार सेवालाई सिबिसी एनालाइजर किट प्रदान

man-donating-blood

पोखरा महानगरपालिका-२ नम्बर वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको प्रादेशिक रक्त सञ्चार सेवालाई सिबिसी एनालाइजर किट प्रदान गरेको छ। यो सहयोगले रक्त सञ्चार सेवाले रगतको गुणस्तर छुट्याएर सेवा दिन सक्ने भएको छ।

वडा अध्यक्ष दिवसमान प्रधानांगले रेडक्रसजस्तो सामुदायिक संस्थाको सेवामा सबै नागरिकको हक लाग्ने बताउँदै यस प्रकारको सहयोग जनप्रतिनिधिको दायित्व भएको उल्लेख गरे। उनले विपद् व्यवस्थापन र मानवीय सेवामा रेडक्रसलाई थप सहयोग गर्नुपर्नेमा जोड दिए।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले वडा कार्यालयको सहयोगले रक्त परीक्षणको स्तर वृद्धि हुने बताए। कास्की शाखाका सभापति डण्डराज शर्मा पौडेलका अनुसार ब्लड बैंकको भवन निर्माणपछि प्रयोगशालाका उपकरण खरिद र जडानका लागि दातृ निकाय र निजी स्रोतबाट सहयोग जुटाउने कार्य भइरहेको छ।

रक्त सञ्चार सेवाका प्रमुख अर्जुन ज्ञवालीले नयाँ प्रविधिको किटबाट रगतको आरबीसी, डब्लुबिसी, प्लेटलेट्स र हेमोग्लोबिन छुट्याउन सकिने जानकारी दिए। कास्की शाखाका अन्य पदाधिकारीहरूले पनि रेडक्रसलाई ए-ग्रेड स्तरको बनाउन विभिन्न योजनाहरू अघि बढिरहेको बताए।

यो सहयोगबाट पोखरा र आसपासका क्षेत्रमा रक्त सञ्चार सेवाको प्रभावकारिता बढ्ने विश्वास गरिएको छ। समाचार शिर्षक

You can download or view the whole press release from the link below

पोखरा वडा नं. २ द्वारा प्रादेशिक रक्त सञ्चार सेवालाई सिबिसी एनालाइजर किट प्रदान

Download

Related News

logo

पोखरा -१२ मा रेडक्रस अभिमुखीकरण कार्यक्रम र नयाँ उपसमिति गठन

पोखरा, माघ १२: नेपाल रेडक्रस सोसाइटी पोखरा-१२ उपशाखाले आयोजना गरेको रेडक्रस अभिमुखीकरण कार्यक्रम तथा उपसमिति गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा रेडक्रसका उद्देश्य, लक्ष्य र सेवाका विविध पक्षबारे जानकारी प्रदान गरियो। सहभागीहरूले विपद् व्यवस्थापन, प्राथमिक उपचार, रक्तदान र...

Read More
logo

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई वडा समिति द्वारा फर्निचर सहयोग

पोखरा, ५ फागुन – नेपाल रेडक्रस सोसाइटी कास्कीको रक्तसञ्चार केन्द्रका लागि पोखरा वडा नम्बर ५ वडा समितिले फर्निचर सामग्री प्रदान गरेको छ।
जिल्ला सभापति डण्डाराज पौडेलले सहयोग प्रति धन्यवाद व्यक्त गर्दै यसलाई महत्वपूर्ण योग...

Read More