प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखरामा स्वास्थ्य मन्त्रीको अनुगमन

man-donating-blood


पोखरा, कास्की – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको अनुगमन कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक को नेतृत्वमा सम्पन्न अनुगमन कार्यक्रममा रक्त सञ्चार केन्द्रका गतिविधि, सेवा, चुनौती तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका कोषाध्यक्ष सन्तोष अधिकारी ले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली ले केन्द्रका सेवा, चुनौती र आगामी योजना बारे जानकारी गराउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक पहलबारे चर्चा गर्नुभयो।

कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीकी कार्यवाहक मन्त्री रमा कोइराला न्यौपाने ले गर्नुभएको थियो। सभापति शर्माले धन्यवाद ज्ञापन गर्दै रक्त सञ्चार केन्द्रको प्रभावकारी सेवा प्रवाहका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

यसैक्रममा, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक ले पोखरामा ए-लेबलको एम्बुलेन्स चाँडै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्रालयको आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पाठकले स्वास्थ्य सेवामा सुधारका लागि निरन्तर प्रयास जारी राख्ने उल्लेख गर्नुभयो।

You can download or view the whole press release from the link below

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखरामा स्वास्थ्य मन्त्रीको अनुगमन

Download

Related News

logo

सडकमै प्राथमिक उपचार सेवा

नेपाल रेडक्रस सोसाइटी कास्कीले समुदायमा हुनसक्ने दुर्घटनालाई मध्येनजर गर्दै आफ्ना प्राथमिक उपचार तालिम प्राप्त दक्ष स्वयंसेवकहरू परिचालन गरी तत्काल प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको छ। सम्भावित दुर्घटनास्थलमा आफ्ना स्वयंसेवकहरू नियमित रूपमा परिचालन गर्दै आइरहेको पनि छ जस्तै सडक दुर्घटना, विपत...

Read More
logo

विद्यालय स्तरीय प्राथमिक उपचार तालिम सम्पन्न

एक घर एक प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी ,कास्की जुनियर तथा युवा समितिको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल ओएसिस सेकेन्डरी स्कुल  पोखरा २६ को व्यवस्थापनमा पोखरा महानगरपालिका भित्रका विद्यालयहरूलाई लक्षित गरी मिति २०८२ साल चैत्र २३ र २४ गते विद्यालय स्तरीय प्राथमिक उ...

Read More