रेडक्रस कास्कीमा १२ हजार स्वयं सेवक

man-donating-blood

पोखरा, १३ असार  

 नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतका विषयगत समितिका सदस्यहरुबीच शुक्रबार परिचयात्मक कार्यक्रम भएको छ । कार्यक्रममा रेडक्रस कास्कीकोतर्फबाट १० वटा विषयगत समितिका सदस्यलाई खादा लगाएर स्वागत समेत गरिएको छ  । कार्यक्रममा रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले रेडक्रस कास्कीले पेशागत दक्षता र विज्ञता भएका व्यक्तिलाई विषयगत समितिमा राखेर कार्यक्षेत्रलाई व्यापक बनाएको जानकारी दिइन् । उनले १५ हजार आजीवन सदस्य र स्वयंसेवक रेडक्रस कास्कीमा कार्यरत रहेको बताइन् । उनले रेडक्रस कास्कीले आपत तथा विपद्को अवस्थामा १ सय र उपशाखाले १० परिवारलाई राहत दिन सक्ने उल्लेख गरिन् । 

रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेलले २० जनाको कार्यसमितिले विधान अनुसारको सबै काम अगाडि बढाउन नसक्ने जानकारी दिए । विषयगत समिति बनाएर सबै कामलाई समुदाय स्तरमा पु¥याउने उल्लेख गर्दै उनले समितिले सबै मानवीय काम गतिविधिलाई सुदृढ र व्यवस्थित गर्ने चर्चा गरे । 

रेडक्रस कास्कीका उपसभापति रमा कोइराला न्यौपानेले दोश्रो पूर्ण बैठकले १० विषयगत समितिको सदस्यमा मनोनित गरेको जानकारी दिइन् । रेडक्रस कास्कीमा मन्त्री सन्तोष अधिकारीले विषयगत समिातिको काम कर्तव्य र अधिकार बारेमा जानकारी दिए । ‘रेडक्रस कास्कीले विषयगत समिति अन्तर्गत पहिलो पटक जनशक्ति विकास तथा स्वयं सेवक परिचालन समिति बनाएको छ,’उनले भने, ‘कास्कीमा १२ लहजार स्वयं सेवक छन् । सबै स्वयं सेवकको अभिलेखलाई व्यवस्थित गरी परिचालन गर्ने योजना छ ।’ उनले सक्षमले साधन स्रोतको कमी भएको उपशाखालाई सहयोग गर्न उपशाखा हातेमालो कार्यक्रम सञ्चालन गर्ने बताए । उनले यो वर्ष तीन उपशाखालाई भवन निर्माणको लागि सहयोग गर्ने जनाए । 

रेडक्रस कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्काले रेडक्रस अभियानको बारेमा सहजीकरण गरे ।

कार्यक्रममा रेडक्रस कास्कीका कार्यसमितिका सदस्य सुवास अधिकारी, कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालाले आर्थिक वर्ष २०८२/०८३मा विषयगत समितिले सम्पादन गर्ने कामको बारेमा प्रकाश पारेका थिए ।

You can download or view the whole press release from the link below

रेडक्रस कास्कीमा १२ हजार स्वयं सेवक

Download

Related News

logo

विपद् व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा, कास्की, १६ चैत्र – नेपाल रेडक्रस सोसाइटी, पोखरा १० उपशाखाको आयोजनामा एक दिवसीय विपद व्यवस्थापन अभिमुखीकरण सम्पन्न भएको छ। कार्यक्रमा वडा नम्बर १० का वडा सदस्य परमेश्वर बहादुर कार्की तथा नेपालको सोसाइटी जिल्ला शाखा कास्कीका कार्यवाहक सभापति धर्मराज अधिकारी र कास्की शाखाकै कार्यवाहक मन्त्री...

Read More
logo

विपद् व्यवस्थापन तालिम सम्पन्न: पोखरा–१ मा समुदायस्तरीय तयारीमा जोड

पोखरा महानगरपालिका वडा नम्बर १ को सहयोग तथा नेपाल रेडक्रस सो...

Read More