रेडक्रस दिवसको पूर्व सन्दर्भमा कास्कीमा रेडक्रस इन्डक्सन तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न

man-donating-blood

मिति २०८२ वैशाख २० ,

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा विश्व रेडक्रस दिवस( मे ८ ) को पूर्व अवसरमा रेडक्रस इन्डक्सन तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न भयो। कार्यक्रममा कास्कीका  ४५ वटा उपशाखाहरूक सभापति तथा सचिव, जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, कास्की शाखाका कर्मचारी गरी १०२ जनाको सहभागिता रहेको थियो।  कार्यक्रमको उद्घाटन सत्र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मिला खड्का भण्डारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा, शाखाका उपसभापति रमा न्यौपाने कोइरालाले स्वागत मन्तव्य र  रेडकसका सात सिद्धान्त शाखाका उपमन्त्री  डिल्लीराम बरालले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा रेडक्रस अभियान, यसका सिद्धान्त र मूल्यमान्यताका बारेमा जिल्ला शाखाका कोषाध्यक्ष मोहन सिंह खड्काले सहजीकरण गर्नुभएको थियो। बैठक व्यवस्थापन सम्बन्धी सहजीकरण पोखरा जेसिसका अध्यक्ष भाइराजा राना मगरले , समाचार लेखन पत्रकार श्याम कुँवर र प्रतिवेदन लेखन कर्मचारी नवराज भण्डारीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम सञ्चालन कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले गर्नुभएको थियो ।

सहभागितामूलक तरिकाले सञ्चालित प्रशिक्षण अति नै उपलब्धिमूलक भएको र विशेषगरी रेडक्रस अभियानलाई अगाडि बढाउन यस्ता खालका गतिविधिहरु उपशाखा तथा जुनियर र युवा रेडक्रस सर्कल मार्फत समुदायको सहभागितामा सञ्चालन गर्नुपर्ने राय सहभागीहरुले व्यक्त गरेका थिए।

मानवताकाेपक्षमा #WorldRedCrossDay

You can download or view the whole press release from the link below

रेडक्रस दिवसको पूर्व सन्दर्भमा कास्कीमा रेडक्रस इन्डक्सन तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न

Download

Related News

logo

निर्वाचनमा स्वयंसेवक परिचालन

आम निर्वाचन २०८२ मा स्वयंसेवक परिचालन 

नेपाल रेडक्रस  सोसाइटी कास्की शाखाले आफ्ना मतहातका उपशाखा, युवा र जुनियर सर्कलका प्राथमिक उपचार तालिम प्राप्त दक्ष स्वयंसेवकहरू परिचालित गरी प्रतिनिधि सभा निर्वाचन २०८२ मा  सेवा प्रदान गर्नुभएको छ । मतदानस्थल सम्म आउँदा भएका ६९ जना सामान...

Read More
logo

निर्वाचन लक्षित स्वयंसेवक अभिमुखीकरण

निर्वाचन लक्षित गर्दै स्वयंसेवक अभिमुखिकरण ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले २०८२ साल फागुन २१ गते सम्पन्न हुने आम निर्वाचन २०८२ लाई लक्षित गर्दै आकस्मिक प्राथमिक उपचार सेवा प्रदान गर्न स्वयंसेवकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाेछ । निर्वाचनको दिन हुनसक्ने सम्भावित आकस्मिक समस्य...

Read More