पोखरा २ र ३
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा रक्तसेवा प्रवाह व्यवस्थापनमा समग्र गुणस्तर व्यवस्थापन (TQM) तथा गुणस्तरीयता कायम गर्ने विषयमा केन्द्रित दुई दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ।
तालिम २०८२ जेठ २ र ३ गतेका दिन शाखाको सभाहलस्थित गुप्तेश्वर कक्षमा सम्पन्न भएको हो।
समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष श्री डोलराज पाण्डेले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुहुँदै, सिकाइएका ज्ञान र सीपलाई व्यवहारमा उतारी मानव जीवन रक्षामा योगदान दिन आग्रह गर्नुभयो।
तालिममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा निर्देशनालयका निर्देशक श्री पवन कुमार गुप्ता तथा मेडिकल टेक्नोलोजिस्ट श्री बसन्त प्रसाद अर्यालले सहजीकरण गर्नुभएको थियो।
प्रादेशिक रक्तसञ्चार केन्द्रमा कार्यरत १५ जना कर्मचारीहरू सहभागी उक्त तालिममा, प्रशिक्षार्थीहरू मध्ये मेडिकल टेक्नोलोजिस्ट कुशल अधिकारी र सुनिता लम्सालले तालिमले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य प्रादेशिक रक्तसञ्चार सेवा गण्डकीका प्रमुख श्री अर्जुन ज्ञावली, रक्तसञ्चार सेवा केन्द्र रामघाट युनिटका इञ्चार्ज श्री महेन्द्र केसी तथा कार्यालय प्रमुख श्री कृष्ण प्रसाद कोईरालाले व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सभापतित्व नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य तथा स्वास्थ्य समिति सहसंयोजक श्री खगेन्द्रराज पराजुलीले गर्नुभएको थियो भने सञ्चालन श्री डिल्लीराम बरालले गर्नुभएको थियो।
रक्तसेवा प्रवाह व्यवस्थापनमा TQM गुणस्तरीयता सम्बन्धी दुई दिने तालिम सम्पन्न
Download