विपतपूर्व तयारीमा स्थानीय वडा कार्यालयसँगै रेडक्रस

man-donating-blood

 नेपाल रेडक्रस  सोसाइटी पोखरा ८ उपशाखाको आयोजना तथा पोखरा महानगरपालिका  ८ नं  वडा कार्यालयको सहयोगमा एक दिवसीय विपद व्यवस्थापन तालिम सम्पन्न भएको छ। वडा नम्बर ८मा रहेको त्रिशक्ति पार्टी प्यालेसमा आयोजित आयोजित तालिम पोखरा ८ उपशाहाका सभापति विष्णुप्रसाद बरालको सभापतित्वमा तथा पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतित्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा नेपाल सोसाइटी जिल्ला शाखा कास्कीका कोषाध्यक्ष मोहन सिंह खड्काको विशेष आतित्यतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान सभापति सीता पाण्डेले उपस्थित प्रमुख अतिथि लगायत अतिथिज्यूलाई स्वागत मन्तव्य मार्फत व्यक्त गर्नुभएको थियो। रेडक्रसको साथ सिद्धान्त उपशाखाका सदस्य मिरा गिरी गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्षले जाँ हेनेरी डिउनाकाे फाेटाेमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। 


विपत अगाडि विपतको समयमा विपदपछि कस्ता कस्ता किसिमका पूर्वतयारी तथा प्रतिकार्य गर्नुपर्छ भन्ने विषयमा तालिम सञ्चालन गरिएको थियो।  महानगरपालिका वडा नम्बर ८ का टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि , आमा समूहका अध्यक्षज्यूहरू युवा क्लबका प्रतिनिधिहरु तथा रेडक्रसका आजीवन सदस्य तथा संकटासनमा समुदायका प्रतिनिधिहरू गरी ७० जनाको सहभागिता रहेको थियो।


पोखरा महानगरपालिकाको वडा नम्बर ८ काे पुरै क्षेत्र सहरी क्षेत्र हो। सहरी क्षेत्रमा हुनसक्ने प्रकोप र विपदका विषयमा छलफल गरिएको थियो विशेषगरी भूकम्प, आगोलागि र सडक दुर्घटना यस वडाको मुख्य प्रकोप तथा विपद रहेका पाईयाे । पछिल्लाे मनसुनकाे समयमा अविरल वर्षाका कारण सडकका ढलहरूमा पानि नअटी सडकमै ठूलो बाढीको रूपमा परिणत भई हिँड्ने पैदल यात्री तथा सवारी साधन समेत दुर्घटना भई क्षति हुने गरेको र बगाउने गरेको समेत पाइन्छ। सडकका नाली र नालीमाथिका स्ल्यापहरू समेत जोखिमपूर्ण हुँदा त्यस ल्याबबाट बच्चा तथा अन्य व्यक्तिहरू खसी ज्यान समेत गुमाएको पाइएको छ। यस प्रकारको जोखिमबाट कसरी बच्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो। आगाेलागिका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै आगो सम्बन्धी पूर्वतयारीका विषयमा समेत जानकारी गराइयो साथै आगो लागीहालेमा कसरी आगो निभाउने भन्ने समेत प्रयोगात्मक अभ्यासबाट सिकाइएको थियो । 


तालिम नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष मोहनसिंह खड्का र कास्की शाशाका प्रशिक्षक नवराज भण्डारीले सहजीकरण गर्नुभएको थियो।


तालिमको उद्घाटन सत्रको कार्यक्रम सञ्चालन पोखरा ८ उपशाखा सचिव कुलमाया पौडेलले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

विपतपूर्व तयारीमा स्थानीय वडा कार्यालयसँगै रेडक्रस

Download

Related News

logo

सचेतना कार्यक्रम सम्पन्न

डेङ्गु सचेतना सम्बन्धी तीन महिना अभियान सम्पन्न ।

ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा तिन महिना डेङ्गी रोग सचेतना अभियान सघन रुपमा कास्की जिल्लाभरि सञ्चालन गरियो। यस कार्यक्रम अवधिमा  २८  सामुदायिक विद्याल...

Read More
logo

शाखाको ४२ अाैं साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी कास्कीको ४२ औं वार्षिक साधारण सभा २०८२ चैत १४ गते शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको सभापतित्वमा तथा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ  । सभामा रेडक्रस...

Read More