अन्नपूर्ण -३ मराम्चेमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना उद्घाटन
अन्नपूर्ण-३ मराम्चे खानेपानी तथा सरसफाइ परियोजना आज एक भव्य समारोहका बीच उद्घाटन सम्पन्न भएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानीय समुदायलाई परियोजना हस्तान्तरण गरिएको छ । युनिका फाउन्डेसन दि नेदरल्यान्ड्स र अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग तथा सहकार्यमा सञ्चालित आयोजना निर्धारित समयमै सम्पन्न भएको छ। परियोजनाले लक्षित गरेका ४१ घरधुरीमा एक घर एक धारा जडान भएको छ । समारोहमा युनिका फाउन्डेसन नेपालका कन्ट्री डाइरेक्टर रमेश पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति तथा पदाधिकारी , सदस्यहरु तथा गाउँ पालिकाका वडा अध्यक्षहरू, परियोजना कर्मचारी हरु तथा स्थानीय उपभोक्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीय समुदायले आयोजना सफल बनाउन योगदान दिने सबैलाई बाजागाजा सहित फुलमालाले सम्मान गरेको थियो। मराम्चे क्षेत्रको पानी अभाव हटाउने मात्र नभई, स्वास्थ्य, सरसफाइ र जीवनस्तर उकास्न यो आयोजनाले ठोस योगदान दिने अपेक्षा गरिएको छ।
You can download or view the whole press release from the link below
अन्नपूर्ण -३ मराम्चेमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना उद्घाटन
सुचना तथा मानवीय मुल्य प्रबर्द्धन समिती बैठक सम्पन्न
Read More
प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखरामा स्वास्थ्य मन्त्रीको अनुगमन
पोखरा, कास्की – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको अनुगमन कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक को नेतृत्वमा सम्पन्न अनुगमन कार्यक्रममा रक्त सञ्चार केन्द्रका गतिविधि, सेवा, चुन...