"गोरखा भूकम्पको सम्झनामा पोखरामा भूकम्प सिकाइ प्रदर्शनी, रेडक्रस कास्कीको सक्रिय सहभागिता"

man-donating-blood

वैशाख १२ गते गोरख भूकम्पको सम्झनामा  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान को आयोजनामा पृथ्वी नारायण क्याम्पस पोखरामा संचालित भूकम्प सिकाइ प्रदर्शनीमा नेपालको रेडक्रस सोसाइटी कास्की शाखाले स्टल व्यवस्थापन गरी सूचना तथा सञ्चार सम्बन्धी जानकारीसँगै सिकाई आदानप्रदान गरिएको छ। साथै प्राथमिक  उपचार सेवा समेत प्रदान गरिएको थियो । रेडक्रस अभियान अन्तर्गत  दिईने सेवाका विषयमा अवलोकन गर्न आउने सहभागिहरुलाई जानकारी गराइएको थियो । भुकम्पवाट वच्ने उपाय र भुकम्प पछि भएका घाईतेहरुलाई गरिने प्राथमिक उपचार र राहतका गतिवधि झल्कने विषय वस्तु रेडक्रस कास्कीले प्रदर्शन गरिएको थियो । प्रर्दशनीमा कास्की शाखाका कर्मचारी कल्पना ज्ञवली, नवराज भण्डारी, दिपकनाथ भण्डारी नर्स यमुना केसी र स्वंसेवक हेममाया तामाङ, मनिला कुवँरले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । उक्त प्रदर्शनमा करिव २००० जनाले अवलोकन गरेका थिए । 

प्रर्दशनिमा कास्की रेडक्रसको तर्फवाट सभापति उर्मिला खड्का भण्डारी, निवर्तमान सभापति डण्डराज शर्मा, महिला उपसभापति रमा न्यौपाने कोइराला, उपसभापति सुरेन्द्र गुरुङ, कोषाध्यक्ष मोहनसिंह खड्रका सदस्य खगेन्द्रराज पराजुलिको अनुगमन रहेको थियो । 

You can download or view the whole press release from the link below

"गोरखा भूकम्पको सम्झनामा पोखरामा भूकम्प सिकाइ प्रदर्शनी, रेडक्रस कास्कीको सक्रिय सहभागिता"

Download

Related News

logo

प्राथमिक उपचार तालिम सम्पन्न

मिति २०८२ साल  मंसिर १७ गतेदेखि २० गतेसम्म नेपाल रेडक्रस सोसाइटी लैङ्गिक तथा सामाजिक समावेशीकरण समिति कास्कीकाे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पोखरा २७ उपशाखाको व्यवस्थापनमा आधारभूत प्राथमिक उपचार प्रशिक्षण सम्पन्न भएको छ। कास्की जिल्ला  भित्रका २४ वटा उपशाखालाई लक्षित गरी सञ्चालन भएक...

Read More
logo

सुचना तथा मानवीय मुल्य प्रबर्द्धन समिती बैठक सम्पन्न

Read More