नेपाल रेडक्रस सोसाइटी कास्की शाखामा विपद् सिकाई केन्द्रसहितको गोदाम भवन निर्माण सुरु

man-donating-blood


पोखरा, वैशाख १९ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय परिसरमा विपद् सिकाई केन्द्रसहितको व्यवस्थित गोदाम भवनको निर्माण कार्य सुरु भएको छ। आज पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले एक विशेष कार्यक्रममा भवनको शिलान्यास गर्नुभएको हो।

झण्डै ८५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवन पोखरा महानगरपालिकाको २० लाख रुपैयाँ आर्थिक सहयोगमा सुरु गरिएको हो। भवन निर्माणको जिम्मा एसबी कन्स्ट्रक्सन, पोखरा–१५ लाई दिइएको छ।

निर्माण कार्य आजदेखि सुरु भई आगामी २०० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि उक्त भवनले विपद् व्यवस्थापन र राहत सामग्री भण्डारणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

You can download or view the whole press release from the link below

नेपाल रेडक्रस सोसाइटी कास्की शाखामा विपद् सिकाई केन्द्रसहितको गोदाम भवन निर्माण सुरु

Download

Related News

logo

३० औ संरक्षण गोष्ठी सम्पन्न

चैत्र १६ गते नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की  जुनियर युवा समितिको आयोजनामा  कास्की जिल्लास्तरीय ३० आौ प्रधानाध्यापक एबम संरक्षक गोस्ठी शिक्षाबिद  जर्जजोन ज्युको प्रमुख आतिथ्यतामामा  सम्पन्न भएको छ  । साथै आगामी शैक्षिकसत्र २०८३ का लागि प्रस्ताबित कार्यक्रमहरु समे...

Read More
logo

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय प्रमुखमा कृष्ण कोइराला नियुक्त


पोखरा, २०८१ फागुन ८ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय प्रमुखका रूपमा आदरणीय कृष्ण कोइराला सर नियुक्त हुनुभएको छ। यस अवसरमा, आज एक विशेष कार्यक्रमका बीच उहाँको पदस्थापन सम्पन्न भएको छ।
नव नियुक्त कार...

Read More