कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ मा दुईमुखे फलामे चुल्हो वितरण
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, कास्कीको आयोजनामा र द युनिका फाउण्डेशन, नेदरल्यान्ड्सको आर्थिक सहयोगमा २०८१ माघ ६ र ७ गते कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ स्थित हुम्दी लाम्पाटा र डाँडागाउँ मोहोरा समुदायमा दुईमुखे फलामे चुल्हो वितरण कार्यक्रम सम्पन्न भयो।