पोखरा युनाइटेड एकेडेमीमा प्राथमिक उपचार तालिम सम्पन्न

man-donating-blood

नेपाल जुनियर रेडक्रस सर्कल पोखरा युनाइटेड एकेडेमीको आयोजनामा मिति २०८२ साल असार २९ र ३० गते विद्यालय स्तरीय प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। एक घर एक प्राथमिक उपचारक भन्ने मूल नाराका साथ कास्की जिल्लाका संकटासन्न समुदाय, सामुदायिक तथा संस्थागत विद्यालयहरू, आमा समूह, टोल विकास संस्थाहरूमा प्राथमिक उपचार तालिम सञ्चालन गरिँदै आएको छ। सोही अन्तर्गत पाेखरा युनाइटेड एकेडेमीमा सञ्चालित तालिममा विद्यालयका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। विशेषगरी विद्यालयमा हुनसक्ने आकस्मिक दुर्घटनामा विद्यार्थीहरु मार्फत विद्यालयमा प्राथमिक उपचार सेवा प्रदान गर्न सकेमा विपद वा विद्यालयमा हुन सक्ने दैनिक दुर्घटनामा सहयोग पुग्ने अपेक्षाका साथ तालिम सञ्चालन गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल रेडक्रस  सोसाइटी पोखरा १५ उपशाखाका सभापति शिवबहादुर भण्डारीको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यालयका सह प्राचार्य देवेन्द्र अधिकारीले सम्पूर्ण उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो। उपस्थित सम्पूर्ण अतिथिहरूले हेनेरी डियुनाको फोटोमा माल्यापन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो। तालिमकाे समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य सूर्यप्रसाद तिमल्सिना पालुवा, नेरेसो पोखरा १२ उपशाखाका उपसचिव रामचन्द्र अधिकारी लगायतले रेडक्रस अभियान सँगै प्राथमिक उपचारको महत्त्व र विद्यालयमा हुनसक्ने दुर्घटनामा जोखिम कम गर्न यस्ता तालिमा दिएको सीपले महत्वपूर्ण भूमिका खेल्ने समेत मन्तव्यको क्रममा व्यक्त गर्नुभएको थियो।  समापन समारोहमा सहभागीको तर्फबाट राेजमी तामाङ र प्रस्थान गुरुङले तालिम अत्यन्तै प्रभावकारी भएको र तालिममा सिकेको सीप आफ्नो विद्यालयमा तथा घरपरिवारसँगै समुदायमा समेत प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। प्रयोगात्मक सीपसँग सम्बन्धित यस तालिमले आफ्नो अध्ययन सँगसँगै समुदायमा सामाजिकीकरण बन्नको निम्ति महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत व्यक्त गरेका थिए। 

२ दिवसीय रूपमा सञ्चालित तालिममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका प्रशिक्षक नवराज भण्डारी र सूर्यप्रसाद तिमिल्सिनाले तालिममा सहजीकरण गरेका थिए ।  तालिममा सहभागीहरू मध्ये सर्वोत्कृष्ट चार जनालाई उत्कृष्टताकाे पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो  । कार्यक्रमका सभापति शिवबहादुर भण्डारीले सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षिका  शोभा पाण्डेले सञ्चालन गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

पोखरा युनाइटेड एकेडेमीमा प्राथमिक उपचार तालिम सम्पन्न

Download

Related News

logo

निर्वाचन लक्षित स्वयंसेवक अभिमुखीकरण

निर्वाचन लक्षित गर्दै स्वयंसेवक अभिमुखिकरण ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले २०८२ साल फागुन २१ गते सम्पन्न हुने आम निर्वाचन २०८२ लाई लक्षित गर्दै आकस्मिक प्राथमिक उपचार सेवा प्रदान गर्न स्वयंसेवकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाेछ । निर्वाचनको दिन हुनसक्ने सम्भावित आकस्मिक समस्य...

Read More
logo

नेपाल रेडक्रस सोसाइटी कास्की शाखामा विपद् सिकाई केन्द्रसहितको गोदाम भवन निर्माण सुरु


पोखरा, वैशाख १९ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय परिसरमा विपद् सिकाई केन्द्रसहितको व्यवस्थित गोदाम भवनको निर्माण कार्य सुरु भएको छ। आज पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले एक विशेष कार्यक्रममा भवनको शिलान्यास गर्नुभएको हो।

झण्डै ८५ लाख रुपैयाँ...

Read More