नेपाल रेडक्रस सोसाइटी पोखरा-१७ उपशाखाद्वारा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न

man-donating-blood



पोखरा, १७ फागुन – नेपाल रेडक्रस सोसाइटी पोखरा-१७ उपशाखाको आयोजनामा स्थानीय विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका कुमारी शाही योगि ज्युको  प्रमुख आतिथ्यतामा तथा उपशाखाका सभापति हरि प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कास्की शाखाका उपसभापति उर्मिला खड्का, कास्की शाखाका सदस्य एवं जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारीको विशेष उपस्थिति रहेको थियो।

उक्त अभिमुखीकरण कार्यक्रममा ११ वटा विद्यालयका ६० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। सहभागी विद्यार्थीहरूलाई रेडक्रसका विभिन्न कार्यक्रम, उद्देश्यता, मानवीय सेवा तथा आपतकालीन अवस्थामा अपनाउनु पर्ने उपायहरूबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको सहजीकरण जिल्ला शाखाका प्रशिक्षक तथा लेखा अधिकृत गणेशप्रसाद कोइराला र नवराज भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा रेडक्रसका आधारभूत सिद्धान्तहरू, प्राथमिक उपचार, विपद् व्यवस्थापन तथा स्वयम्सेवा संस्कृतिका बारेमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको सञ्चालन उपशाखा सचिवज्यूले गर्नुभएको थियो। अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूमा रेडक्रसको भूमिका, मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वबारे सचेतना बढाएको आयोजकले जनाएको छ।


You can download or view the whole press release from the link below

नेपाल रेडक्रस सोसाइटी पोखरा-१७ उपशाखाद्वारा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न

Download

Related News

logo

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिद्वारा चार दिने प्राथमिक उपचार तालिम सुरु


पोखरा, फागुन १६ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिको आयोजनामा चार दिने प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ।

तालिमको उद्घाटन सत्र माननीय प्रतिनिधि सभा सदस्य दामोदर बैरागि ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उहाँले उक्त तालिमले समुदायमा हुन सक्ने दुर्घट...

Read More
logo

विद्यालय स्तरीय प्राथमिक उपचार तालिम सम्पन्न

एक घर एक प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी ,कास्की जुनियर तथा युवा समितिको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल ओएसिस सेकेन्डरी स्कुल  पोखरा २६ को व्यवस्थापनमा पोखरा महानगरपालिका भित्रका विद्यालयहरूलाई लक्षित गरी मिति २०८२ साल चैत्र २३ र २४ गते विद्यालय स्तरीय प्राथमिक उ...

Read More