पोखरा महानगर स्तरीय बिधालय प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखाको आयोजनामा र नेपाल युवा रेडक्रस सर्कल, श्री अमरसिद्ध नमुना मावि, पोखरा-३१ को व्यवस्थापनमा २०८१ माघ ११ र १२ गते दुईदिने पोखरा महानगरस्तरीय विद्यालय प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा २४ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त प्रशिक्षणले प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप प्रदान गर्दै विद्यार्थीहरूलाई आपतकालीन परिस्थितिमा प्रभावकारी सहयोग पुर्‍याउन सक्षम बनाउने उद्देश्य राखेको थियो।

नेपाल रेडक्रस सोसाइटीका सभापति डन्डराज शर्माको प्रमुख आतिथ्यमा उद्घाटन भएको उक्त कार्यक्रमको समापन नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष सन्तोष अधिकारीले गर्नुभएको थियो।

कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्‍याउने विद्यालय परिवार र प्रशिक्षकहरूको योगदानका लागि नेपाल रेडक्रस सोसाइटी हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

You can download or view the whole press release from the link below

पोखरा महानगर स्तरीय बिधालय प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न

Download

Related News

logo

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखरामा स्वास्थ्य मन्त्रीको अनुगमन


पोखरा, कास्की – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको अनुगमन कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक को नेतृत्वमा सम्पन्न अनुगमन कार्यक्रममा रक्त सञ्चार केन्द्रका गतिविधि, सेवा, चुन...

Read More
logo

सचेतना अभियान लेकसाइडमा

लेकसाइडमा सचेतना अभियान

 ब्रिटिश रेडक्रस र नेपाल  रेडक्रस  सोसाइटीकाे समन्वयमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित डेङ्गी संक्रमण तथा रोकथाम कार्यक्रम अन्तर्गत पोखरा ६ मा रहेको नेसनल इन्भेन्टीभ मा.वि पोखरा ६ लेकसाइडमा रेडक्रस अभियान एवं डेङ्गी संक्रमण तथा रोकथाम&...

Read More