सुचना तथा मानवीय मुल्य प्रबर्द्धन समिती बैठक सम्पन्न

man-donating-blood

पोखरा २६ ,नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तर्गत विभिन्न १० उपसमिति मध्ये सुचना तथा मानवीय मुल्य प्रबर्ध्दन समितिको पहिलो बैठक कार्य समिति सदस्य एवं सो समितिका संयोजक सुवास अधिकारीको अध्यक्षतामा बस्यो उक्त बैठकमा नेरेसो कास्कीका सभापति उर्मिला खड्का भण्डारीले उपस्थित सदस्यहरुलाई खादा लगाएर सम्मान गर्नु भयो भने आजको बैठकमा शाखाका मंत्री सन्तोष अधिकारीले संगठन र नेरेसो कास्कीले गरेको विभिन्न परियोजनाका कार्यक्रमका विषयमा  र कोषाध्यक्ष मोहन सिंह खड्काले आर्थिक निति नियम र मानवीय सेवामा भए गरेका र अब गर्नु पर्ने विषयमा जानकारी गराउनु भयो !बैठकमा उपस्थित सदस्यहरुको घनिभूत छलफलबाट कास्की रेडक्रसको ४१ औं जिल्ला सभाबाट पारित वार्षिक कार्यक्रमको अधिनमा रहि यस कार्यकालको त्रैमासिक एवं वार्षिक गतिविधि रेडक्रसका अभियानलाई प्रचार प्रसारका लागि प्रकासन गर्न एक सम्पादक मण्डल गठन गरेको छ 

जस अनुसार संयोजकमा सुवास अधिकारी सदस्यहरुमा कृष्ण प्रसाद पौडेल,श्याम कुवंर,राजाराम पौडेल विन्दु भण्डारी र सदस्य सचिव गणेश कोइराला हुनुहुन्छ भने सल्लाहकारमा उर्मिला खड्का भण्डारी र सन्तोष अधिकारी हुनुहुन्छ ।

बैठकमा उपस्थित सदस्यहरुले वार्षिक कार्यक्रम र रेडक्रसका अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने गहन जिज्ञासा राख्नु भएको थियो !

सोचे भन्दा फरक शैलीमा अत्यन्त प्रभावकारी बैठक भएको महसुस गरिएको छ !

You can download or view the whole press release from the link below

सुचना तथा मानवीय मुल्य प्रबर्द्धन समिती बैठक सम्पन्न

Download

Related News

logo

विद्यालय स्तरीय प्राथमिक उपचार तालिम सम्पन्न

एक घर एक प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी ,कास्की जुनियर तथा युवा समितिको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल ओएसिस सेकेन्डरी स्कुल  पोखरा २६ को व्यवस्थापनमा पोखरा महानगरपालिका भित्रका विद्यालयहरूलाई लक्षित गरी मिति २०८२ साल चैत्र २३ र २४ गते विद्यालय स्तरीय प्राथमिक उ...

Read More
logo

सरोकारवाला निकायहरु बिच डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थापन समन्वय बैठक सम्पन्न

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेष्ट सोसाइटी र वृटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा कास्की शाखाद्धारा सञ्चालित डेंगीरोग संक्रमण नियन्त्रण कार्यक्रम र विपद् ब...

Read More