विपद् व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

man-donating-blood

पोखरा, कास्की, १६ चैत्र – नेपाल रेडक्रस सोसाइटी, पोखरा १० उपशाखाको आयोजनामा एक दिवसीय विपद व्यवस्थापन अभिमुखीकरण सम्पन्न भएको छ। कार्यक्रमा वडा नम्बर १० का वडा सदस्य परमेश्वर बहादुर कार्की तथा नेपालको सोसाइटी जिल्ला शाखा कास्कीका कार्यवाहक सभापति धर्मराज अधिकारी र कास्की शाखाकै कार्यवाहक मन्त्री रमा न्यौपाने कोइरालाको विशेष आतिथ्यतामा अभिमुखीकरण सम्पन्न भएको थियो । उद्घाटन सत्रको कार्यक्रममा स्वागत मन्तव्य पोखरा १० उपशाखा उपसभापति पवित्रा गुरुङ राख्नुभएको थियो। उद्घाटन सत्रमा आफ्नो शुभकामना मन्तव्य राख्दै कास्की शाखाका कार्यवाहक मन्त्री रमा न्यौपानेले रेडक्रस सिद्धान्त, मूल्य मान्यतालाई निरन्तरता दिँदै अभियानमा जुट्न सबैलाई अनुरोध गर्नुभएको थियो। साथै कास्की शाखाका कावा सभापति अधिकारीले वडासँग समन्वय गर्दै सरकारको सहयोगी निकायको रूपमा विपत पूर्व पूर्वतयारी, विपतको समयमा खोज तथा उद्धार, विपत पछि पुनर्स्थापना र पुननिर्माणका गतिविधिमा सँगसँगै क्रियाशील हुनुपर्ने कुरा व्यक्त गर्नुभएको थियो। साथै समुदाय स्तरमै उद्धार सामग्रीको व्यवस्थापन, कम्तीमा एक उपशाखाले १० परिवारलाई तत्काल स्थानीय रुपमै राहत सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। रेडकस कास्कीले रगत र रक्ततत्वहरु नेपाल सरकारको सहकार्यमा निःशुल्क रुपमा वितरण गरेको कारण बिरामीलाई सहज भएको कुरा बताउनुभयो। सबैलाई रक्तदान गर्न समेत अनुरोध गर्दै उत्प्रेरणा समेत गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण गर्दै कास्की शाखाका प्रशिक्षक नवराज भण्डारीले प्रकोप र विपदको अर्थ विपदमा प्रयोग हुने शब्दावली, चक्र र नेपाल सरकारको बजेट याेजना तर्जुमाका बारेमा प्रशिक्षण गराइएको थियो। अभिमुखीकरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का स्थानीय जनप्रतिनिधि, वडा भित्रका आमा समूह, युवा क्लब, रेडक्रस उपशाखाका पदाधिकारी तथा सदस्यहरू गरी ५२ जनाको सहभागिता रहेको थियो। अभिमुखिकरण कार्यक्रम पोखरा १० उपशाखाका सचिव वीरबहादुर गुरुङ कार्यक्रम सञ्चालन गर्नुभएको थियो। 

You can download or view the whole press release from the link below

विपद् व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

Download

Related News

logo

जुनियर रेडक्रस सर्कल अभियानसँगै धम्पुसमा विद्यालय पोषाक वितरण सम्पन्न

Read More

logo

चित्रकला प्रतियोगिता सम्पन्न

मिति २०८२ साल पौष २५ गते, नेपाल रेडक्रस  सोसाइटी कास्कीकाे आयोजना तथा जुनियर रेडक्रस सर्कल महेन्द्र मावि पाेखरा २० भलामको व्यवस्थापनमा कास्की जिल्लाका जुनियर सर्कलहरू बीच खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत जुनियर रेडक्रस सर्क...

Read More