रेडक्रस कास्कीलाई डेभिजफल क्लबको मानवीय सहयोग: त्रिपाल र नगद प्रदान

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले मनसुनजन्य विपदसँगै आएको बाढी पहिरोलाई मध्यनजर गर्दै विपत् पूर्वतयारीका निमित्त, स्वयंसेवक व्यवस्थापन, खाेज तथा उद्धार सामग्रीको व्यवस्थापन र  राहत सामग्री व्यवस्थापन अन्तर्गत विपद राहत गैर खाद्य तथा खाद्य सामग्रीका लागि विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यवस्थापन गरिँदै आएको छ। जस अन्तर्गत मिति २०८२ साल असार २३ गते डेभिजफल क्लब पोखरा १७ द्वारा गैरखाद्य सामग्री अन्तर्गत त्रिपाल प्राप्त भएको छ। साथै विपद व्यवस्थापन गर्नको निम्ति उक्त क्लब नेपाल रेडक्रस  सोसाइटीको समेत संस्थागत सदस्यको रुपमा विगत लामो समयदेखिबाट वार्षिक रूपमा नवीकरण गरी निरन्तरता प्रदान गर्दै आएको छ। आज एक कार्यक्रम बीच १८*२४ को त्रिपाल पाँच थान र नगद रु २५ हजार प्राप्त भएको छ ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी  कास्की शाखाका कोषाध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक माेहन सिंह खड्काको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारी प्रमुख व्यक्तित्वको रूपमा उपस्थिति रहेको थियो  । डेभिजफल युवा क्लबका अध्यक्ष विनम गुरुङ, महासचिव दीपक सुवेदी, कोषाध्यक्ष अनिल प्रधान लगायत सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डेभिज फल क्लबका अध्यक्ष विनय गुरुङले नेपाल रेडक्रस सोसाइटी जस्तो पवित्र अत्यन्तै मानवीय संस्थाको संस्थागत सदस्य हुन पाउँदा आफ्नो संस्था अत्यन्तै गौरवान्वित भएको महसुस गरेको र साथै विपदको समयमा समेत रेडक्रस अभियानमा जोडिएर काम गर्न पाउँदा अत्यन्तै मानवीय भावना प्रेरित भएको भावना व्यक्त गर्नुभएको थियो। 

नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई गर्नुभएको सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन सभापति उर्मिला खड्का भण्डारी आफ्नो मन्तव्यको क्रममा व्यक्त गर्नुभएको थियो। साथै पोखरामा रहेर  युवाहरूको क्षमतालाई जागरण गरि  युवाहरू मार्फत समुदायमा अग्रणी भूमिका खेल्नुभएको क्लबप्रति हार्दिक आभार समेत व्यक्त गर्नुभएको थियो। विपदमा सँगसँगै अगाडि विगतदेखिबाट सँगसँगै हातेमालो गर्दै आएको क्लबले यस वर्ष पनि रेडक्रस मानवीय संस्थालाई सहयोग गर्नुभएको प्रति हार्दिक धन्यवाद समेत कृतज्ञता व्यक्त गर्दै नेपालको सोसाइटी जिल्ला शाखा कास्कीका कोषाध्यक्ष एवं विपत् व्यवस्थापन समितिका संयोजक मोहनसिंह खड्काले सबै उपस्थित व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पत्रकार श्याम कुमार, कर्मचारी अवतार रोका मगरकाे सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नवराज भण्डारीले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

रेडक्रस कास्कीलाई डेभिजफल क्लबको मानवीय सहयोग: त्रिपाल र नगद प्रदान

Download

Related News

logo

गण्डकी स्तरीय चौँठो जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरामा सम्पन्न


नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की शाखाको व्यवस्थापन तथा जुनियर रेडक्रस सर्कल रतन पाण्डे मा.वि.को आतिथ्यतामा गण्डकी स्तरीय चौँठो जुनियर तथा युवा रेडक्रस गोष्ठी Read More

logo

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखरामा स्वास्थ्य मन्त्रीको अनुगमन


पोखरा, कास्की – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको अनुगमन कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक को नेतृत्वमा सम्पन्न अनुगमन कार्यक्रममा रक्त सञ्चार केन्द्रका गतिविधि, सेवा, चुन...

Read More